Karnali Click

ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु

रुकुम । पश्चिममा ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका–१२, दोभानखोला नजिक भएको ट्याक्टर दुर्घटनामा परेर चौरजहारी नगरपालिका–१२, रुकुम पश्चिम का २६ वर्षिय गोपाल केसीको मृत्यु भएको हो ।

दुर्घटनामा चालक सहित अन्य छ जना घाईते भएका छन । घाइते हुनेहरूमा चौरजहारी नगरपालिका– १२ का १२ वर्षका कल्पना ओली, ४२ वर्षका बलु जैसी, ३२ वर्षका सरोज शर्मा, वडा नं. ५ का १९ वर्षका विकास कुमाइँ, लक्ष्मण कुमाइँ र वडा नं. ११ का ८ वर्षका विकास डाङ्गी रहेका छन ।

election adv.

घाईतेमध्य पाँच जनालाई उपचारको लागि नेपालगञ्ज पठाईएको चौरजहारी नगरपालिकामा नगर प्रमुख पुष्प बादीले जानकारी दिनुभयो । क.प्र.०३००१ त०००१ नम्बरको  ट्याक्टरले ढुंगा ढुवानी गरेर लिदै गर्दा सडकबाट तल खसेको थियो ।

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *