Karnali Click

टी ट्वान्टी विश्वकप क्रिकेटः बङ्गलादेशद्वारा नेपाललाई  १०७ रनको लक्ष्य

टी ट्वान्टी विश्वकप क्रिकेटमा बङ्गलादेशले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ । टस जितेर नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको ब‌ङ्गलादेश ३ बल बाँकी हुँदै १०६ रनमा अलआउट भयो ।

नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र सन्दीप लामिछानेले दुई दुई विकेट लिनुभयो ।

सोमपालले ३ ओभरमा १०, रोहितले ४ ओभरमा २०, सन्दीपले ४ ओभरमा १७ र दीपेन्द्रले ३ ओभर ३ बलमा २२ रन दिनुभयो । 

सोमपालले पहिलो बलमै तान्जिद हसनलाई आउट गर्दै नेपाललाई सुखद सुरूवात गराउनुभयाे । दोस्रो ओभरमा दीपेन्द्रसिंह ऐरीले नजमुल हसनलाई ४ रनमा बोल्ड गरे पछि नेपालले सुरुबाटै दबाब बढाएको थियो । सोमपालले पाँचौँ ओभरमा लिट्टन दासलाई आउट गर्नुभयो । 

पावर प्लेको अन्तिम ओभरमा कप्तान रोहित पौडेलले तोवहिद हृदयको विकेट लिएसँगै बंगलादेश पावर प्लेमा ३१–४ को कमजोर अवस्थामा पुगेको थियो । 

रोहितले भेट्रान अलराउन्डर शकिब अल हसनलाई १७ रनमा एलबीडब्लु धरापमा पर्नु अघि मोहमदुल्लाह रन आउट भइसक्नुभएको थियो ।

सन्दीप लामिछानेले २ विकेट लिँदै ब‌ंगलादेशलाई लगातार दबाबमा मात्र राख्नुभएन ट्वान्टी-२० अन्तर्राष्ट्रियमा १ सय विकेट लिने पहिलो नेपाली खेलाडी पनि बन्नुभयो । 

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *