Karnali Click

झुलुङगे पुलमा फसेका १२ खच्चडको उद्धार, २ को मृत्यु

जाजरकोट । कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका १२ खच्चडको उद्धार भएको छ भने २ को मृत्यु भएको छ । 

दैनिक उपभोग्य बस्तु ढुवानीका लागि अछामबाट दैलेख आउने क्रममा कर्णाली नदी माथिको झोलुंगे पुलको जालीमा अड्किएका खच्चडलाई जाली काटेर कर्णाली नदीमा खसाले उद्धार गरिएको छ ।

आइतबार बिहान साढे ९ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिका–९ बाट दैलेखको आठबिस नगरपालिका–४ खिड्कीज्यूला बजारमा आउने क्रममा झोलुंगे पुलको एकातर्फका दुइटा लठ्ठा चुँडिदा १४ खच्चड जालीमा फसेका थिए ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीका साथै स्थानीयले जालीमा अड्किएका खच्चडलाई जाली काटेर कर्णाली नदीमा खसालेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी सुनिल दाहालले एउटा खच्चडको पुलमै मृत्यु भएको र अर्कोको कर्णाली नदीमा खसाल्ने क्रममा मृत्यु भएको बताए ।

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *