Karnali Click

जुम्लामा अन्तरजातीय विहे गर्दा घरमा आगो लगाईयो

जुम्ला – अन्तरजातिय बिबाह गर्दा दुलाहको घरमा आगो लगाईएको छ । दलित समुदायको केटाले गिरीको छोरी भगाएर बिबाह गरेपछि केटी पक्षका आफन्तहरुले कटोको घरमा आगो लगाईदिएका हुन् ।
जुम्लाको तातोपानी गाँउपालिका वडा नं. ४ गिडीखोलाका मुकुन्द नेपालीले स्थानीय बसन्ती गिरीसँग भागेर गतसाता बिहे गरे । अन्तरजातीय विवाह गरेका मुकुन्द २० वर्षका भए भने केटीको उमेर खुलेको छैन । हाल उनीहरु बाँकेमा रहेको केटीले आफ्ना आफन्तलाई फोनमा भनेको बुझिएको छ । चार दिन पछि दलित केटाको घर आगो लागेको मुकुन्दका माइला दाइ भरत नेपालीले बताए । भाइले अन्तारजातीय बिहे गर्नु र त्यसको चार दिन पछि घरमा आगो लाग्नु संयोग नभएर योजना हो । उनले भने, यो काम केटी पक्षका दाइले गराएको भनी किटानी दिने तयारी गरेका छौं ।
गिडीखोला स्थित मुकुन्दको तीन तलाको घर जलेर पुरै नष्ट भएको हाँकु प्रहरी चौकीका इन्चार्ज राजेन्द्र गिरीले बताए । उनका अनुसार घर आगलागी भएको कुरा जिल्ला प्रहारी कार्यालयबाट आएपछि हामी यहाँ पुगेका हौं । क्षतिको विवरण निकाल्दैछौं । घटनाका थप अनुसन्धान भइरहेको छ । घरमा आगलागीका बिषयमा थप अनुसन्धान गर्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *