जाजरकोट उज्यालो गराउने जिम्मा सीइपीएल,एसपीआर, टुण्डी जेभीलाई
३अर्बको ठेक्का सम्झौता ,२ वर्ष भित्र काम सम्पन्न गर्ने ।

जाजरकोटलाई २ वर्ष भित्र पुर्ण विद्युतीकरण गर्नका लागि तीन अर्बको ठेक्का सम्झौता गरिएको छ । प्रशारण लाइन तथा सब स्टेशन निर्माण गर्नका लागि यो ठेक्का भएको हो । आयोजनाका प्रमुख केशव श्रेष्ठका अनुसार उक्त निर्माण कार्यको लागि सीइपीएल,एसपीआर, टुण्डी जेभीले २ वर्ष भित्र सक्ने गरि सम्झौता गरेको जानकारी दिनुभयो । यदि उक्त रकमबाट पुरै काम सम्पन्न नभएमा नेपाल विद्युत प्राद्यिकरणको आन्तरिक बजेट बाट टेण्डर गरी जिल्लाको सम्पुर्ण घरधुरीमा विद्युतिकरण गरिने आयोजना प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल विद्युत प्राधिकरण जाजरकोटका प्रमुख अभिषेकराज कलवारले आयोजना अन्तरगत ७२ किमी ३३केबी लाइन, १७० किमी ११ केबी लाइन,३ सय ५५ किमी ४सय भोल्ट लाइन विस्तार गरिने जानकारी दिनुभयो । त्यस्तै जिल्ला भरिमा १सय ३५ वटा ट्रान्सफर्मर जडान गरिने जनाइएको छ ।
ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले कर्णालीका सवै जिल्लामा तीन वर्ष विद्युतिकरण गर्ने लक्ष रहेको जानकारी दिनुभयो । जाजरकोटको तासुगाड र डोल्पाको जगदुल्ला जलविद्युत आयोजना को पनि निर्माण कार्य थालनि गर्ने जानकारी दिनुभयो ।

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *