Karnali Click

जाजरकोटमा भिरबाट लडेर एक जनाको मृत्यु

जाजरकोट ।

नलगाडमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका वडा नम्बर एक पालीका अन्दाजी ६५ वर्षका भद्र कामीको भिरबाट लडेर मृत्यु भएको हो । कामी शनिवार खच्चरमा सामान लिई नलगाड नगरपालिका १ जुरेली तर्फ जाँदै गर्दा भिरबाट लडेर मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उनी दुई दिन सम्म पनि घरमा नर्फकिएपछि खोजतलास गर्दै जाँदा भिरबाट लडि मृत अवस्थामा फेला परेको उनकाे सालो अविलाल चनाराले जानकारी दिएको प्रहरीले जनाएको छ । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय दल्लीबाट प्रहरी नायव निरीक्षक दल बहादुर बिष्टको कमाण्डमा ५ जनाको टोली खटिएको छ ।

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *