Karnali Click

जाजरकोटमा बाल न्याय समितिका पदाधिकारी हरुलाई तालिम

कर्णाली क्लिक रिपोर्टर १६ चैत्र २०८० जाजरकोट ।

जाजरकोटमा बाल न्याय समितिका तथा स्थानिय न्यायिक समितिका पदाधिकाहरुका लागि बाल मैत्री न्याय प्रणाली सम्वन्धि तालिम आज देखि खंलगामा संचालनभएको छ । जिल्ला बाल न्याय समिति जाजरकोटको आयोजना तथा पहाडी क्षेत्र विकास अभियान र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित अवसर दोस्रो बाल संरक्षण कार्यक्रम दुई दिने तालिम आज देखि खलंगामा शुरु भएको छ तालिम शनिवार सम्म चल्ने छ ।

तालिम कार्यक्रममा भेरी नगरपालिका उप प्रमुख सिता जैसी , जुनी चादे गाँउपालिकाका उपाध्यक्ष विरेन्द्र बहादुर शाही ,कुशे गाँउपालिकाका उपाध्यक्ष देविका सिंहको उपस्थिती रहेकोछ । यस्तै कार्यक्रममा जिल्ला बाल न्याय समितिका पदाधिकारीहरुको सहभागीता रहेको छ । तालिममा जिल्ला अदालत जाजरकोटका न्याधीस सनत चन्द्र लवट, श्रेष्तेदार नारायण सापकोटा र जिल्ला सरकारी वकील रत्न प्रकाश गिरीको सहजिकण रहेको छ । तालिम पछि बाल न्याय समितिका पदाधिकारीहरुले न्यायिक समितिका पदाधिकारीहरुले आफ्नो कार्य सम्पादनमा सुधार ल्याउने तालिम कार्यक्रमले अपेक्षा राखेको पहाडी क्षेत्र विकास अभियान का कार्यकारी निर्देशक रण बहादुर कार्कीले बताउनुभयो ।

तालिममा २४ जनाको सहभागीता रहेको छ । तालिम कार्यक्रमको उदघाटन सत्रमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी ऋषि राज अचार्याले यस्ता तालिमले अभियन्ता देखि पदाधिकारीहरुलाई महत्वपूर्ण ज्ञान दिन सक्षमता प्रदान गर्ने बताउनु भयो । यस्तै जिल्ला न्याधीस सनत चन्द्र लवटले न्यायिकक राम्रो प्रकृति परिमाणले के असर गर्छ भन्ने तुलनात्मक ज्ञानको विकास नहुदा विवेक कम हुने भएकोले पनि न्यायमा प्रभाव पार्न सक्ने बताउनु भयो ।

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *