Karnali Click

जाजरकोटका ७७ वडाध्यक्षहरुको क्षमता विकासका लागि  तालिम सञ्चालन

जाजरकोटका ७७ वडाध्यक्षहरुको क्षमता विकासका लागि  तालिम सञ्चालन गरिएको छ । कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालय अन्तर्गत प्रदेश सुशासन केन्द्रको समन्वय र जिल्ला समन्वय समिति जाजरकोटको आयोजनामा जिल्ला समन्वय समतिको हलमा दुई दिने क्षमता विकास तालिमको उदघाटन जिल्ला समन्व समितिका प्रमुख कालि वहादुर खत्रीले व्यानर पढ्ेर गर्नु भएको थियो ।No description available.

तालिम कार्यक्रममा वडा अध्यक्षलाई आइ पर्ने विभिन्न समस्या , कानूनी अवस्थाहरु , हाल सम्मका परिपार्टीहरु , मुल्य मान्यताहरु , स्थानीय सरकार संचालन कार्यविधि भित्र कार्यसम्पादनका चरणहरु स्थानीय तहको काम,कर्तव्य, अधिकार, वडा समितिको क्षेत्राधिकार, वडाध्यक्ष र वडाका पदाधिकारीहरुको काम कर्तव्यका विषयमा वडाध्यक्षहरुको क्षमता विकास तालिमको आयोजना गरिएको जिल्ला समन्वय समिति जाजरकोटका सदस्य खड्क विसीले जानकारी दिनु भयो । No description available.
आजको विषय वस्तुमा प्रमुख जिल्ला अधिकार अन्जन न्यौपानेले कानूनी अवस्था , प्रचलन कार्यर्शली आदिका वारेमा सहभागीहरुलाई सहजिकरण गर्नु भएको थियो , खास गरी जिल्ला प्रशासन कार्यालय नारिकता संग सम्वन्धित विषय वस्तुहरुमा छलफल गरिएको थियो ।

No description available.

मुख्यमन्त्री कार्यालयका शाखा अधिकृत यूवराज न्यौपाने, प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने आज सहजिकरण गर्नु भएको थियो भने भोलिको सत्रमा जाजरकोटका प्रहरी प्रमुख सन्तोष रोकाले सहजीकरण गर्ने कार्यक्रम रहेको छ  नलगाड नगरपालिका प्रमुख डम्बरबहादुर रावत, उप प्रमुख सरिता कुमारी सिंह, छेडागाड नगरपालिका उप प्रमुख चन्द्रबहादुर थापा, बारेकोट गाउँपालिका उपाध्यक्ष नरबहादुर गिरी, कुशे गाउँपालिका उपाध्यक्ष देविका कुमारी सिंहको उपस्थिति रहेको छ ।No description available.

जाजरकोट जिल्लाका ७७ वटै वडाका वडाध्यक्ष, सदस्य, कार्यपालिका सदस्यहरुको उपस्थिति  हुने भनिए पनि ४७  वढी सहभागीता जनाएका छन्  कार्यक्रम एकदमै महत्वपूर्ण रहेको बारेकोट गाउँपालिका २ का वडाध्यक्ष वीरबहादुर घर्तीले जानकारी दिनु भयो ।
पछिल्लोा समय जिल्ला समन्वय समिति लगाएत जिल्लाका सरकारी कार्यालयहरुले वोलाउने कार्यक्रममा समन्वय  वैठकमा स्थाानीय तहहरुका जिम्मेवार पदाधिकारीहरुको सहभागीता घट्दै गएको देखिएको छ । अधिकास जनप्रतिनिधिहरु आफुलाई व्यस्त देखाउने , जिम्मेवार वैठकमा सहभागिता नजनाउने जस्ता समस्या महशुष हुदै आएको कार्यक्रम आयोजकले गर्ने गरेका छन् ।No description available.

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *