Karnali Click

ग्यारेजमा आगलागी हुँदा करोडौंको क्षति 

दैलेख । दैलेख नयाँबजारमा रहेको ग्यारेजमा आगलागी हुँदा तीन वटा पसल जलेर नष्ट भएका छन् । वडा नम्बर १ स्थित साजनमोटर पार्ट्समा आगलागी हुँदा इलेक्ट्रोनिक्स पसल र कपडा पसलमा समेत सल्किएको थियो ।
आगलागीले एक करोड बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुनिल दाहलले बताए ।

ग्यारेजबाट सल्किएको आगोले अन्य दुई पसलमा पनि नोक्सानी पुर्‍याएको उनको भनाइ छ । मोटर पार्ट्स मर्मत गर्दागर्दै सल्किएको आगोले दमकल कुर्दाकुर्दै तीनवटै पसल जलेर नष्ट भएको स्थानीय मनोज थापाले बताए । दिउँसो दुई बजे लागेको आगो तीन बजेतिर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा निभाइएको थियो ।

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *