Karnali Click

गृहमन्त्री रवि लामिछानेको आग्रह आफ्नालाई छुटाउन दबाब नदिनुहाेला।

काठमाडौं पुस 25-रास्वपाका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद बैठकमा जनताले दिएको मतअनुसारको सरकार बनेको बताएका छन्। पहिला जे जस्तो कमीकमजोरी भए पनि अबकाे सरकारलाई त्याे छुट नभएको बताएका छन।जनताले हामीलाई राम्रो काम गरून् भनेर मत दिएका हुन हामी सबैले मिलेर राम्रो काम गर्नु पर्छ, हाम्राे पार्टीका  हुन वा कुनै पनि पार्टीका हुन अनियमितता वा गलत कार्य भयो भने कानुन अनुसार अगाडि बढ्नु पर्छ ,यस्तोमा कसैले पनि बाधा नपुराउनु हाेला भनेर आग्रह गरेका छन।  यदि म बाट पनि कुनै गलत काम भएछ भने जस्तो सुकै कडा भन्दा कडा सजाय भाेग्न तयार रहेकाे पनि बताएका छन।  पहिलो पटक बसेको संसद् बैठकमा लामिछानेले आफ्नो धारणा राख्दै याे कुरा बताएका  हुन।पहिलो बैठकबाटै उनले सांसदहरुलाई आफ्ना मान्छे छुटाउन कुनै पनि किसिमको दबाब नदिन अनुरोध गरेका छन्। उनले भने, छातीमा हात राखेर भन्न चाहन्छु– म र मसँग सम्बद्ध दलबाट अनियमितता हुनेछैन। भएको खण्डमा निर्मम कारबाही गर्ने वाचा गर्न चाहन्छु ।नेपाली जनताले दिनुभएको आशाको मत, सम्पूर्ण राजनीतिक दलमाथि गरिएको आशाको मत हाे।नमातिने गरी सचेत रुपमा मत दिनुभएको छ। सचेत गराउने गरी आएको यो मतलाई हामी न्याय गर्नेछौँ                         

The post गृहमन्त्री रवि लामिछानेको आग्रह आफ्नालाई छुटाउन दबाब नदिनुहाेला। appeared first on Nepa Sanchar.

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *