Karnali Click

गुर्भाकोटमा आगलागी पिडितलाई राहत वितरण

सुर्खेत ।

गुर्भाकोट नगरपालिका वडा नम्बर ४ कोपढुङ्गा निवासी आगलागी पिडित आसिराम बिकलाई वडा कार्यालयले राहत वितरण गरेको छ । फाल्गुन १५ गते सोमबार साँझ ५ बजे तिर आगलागी हुँदा आसिराम बिकको घरमा भएका अन्न, लत्ताकपडा, काठ सबै जलेर नस्ट भएको थियो । पिडित आसिराम बिकलाई वडा कार्यसमितिले चामल २ बोरा, दाल ७ किलो, तेल २ बोतल, नुन २ प्याकेट, डेक्ची १ थान, कराई १ थान राहत स्वरुप वितरण गरीएको छ । यस्तै पिडितलाई थाली ५ थान, लोटा १ थान, डाडु १ थान, पनिउ १ थान, डसना २ थान, सिरक २ थान र तन्ना १ थान वितरण गरीएको वडा अध्यक्ष राम बहादुर डाङ्गीले जानकारी दिए ।

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *