Karnali Click

कर्णालीमा पूर्व प्रदेश सभा सदस्य मञ्च गठन

सुर्खेत ।

कर्णाली प्रदेशमा पूर्व प्रदेश सभा सदस्य मञ्च गठन भएको छ । प्रदेश सभामा पहिलो कार्यकालमा निर्वाचित प्रदेश सभा सदस्यहरूले पूर्व प्रदेश सभा मञ्च गठन गरेका हुन् । मञ्चको अध्यक्षमा दल रावल चयन भएका छन् । मञ्चको उपाध्यक्षमा अमृता शाही, महासचिवमा कृष्णा शाह, सचिवमा पद्मा खड्का र कोषाध्यक्षमा मीनासिंह रखाल रहेका छन् ।

यस्तै सदस्यमा करविर शाही, राजु नेपाली, नन्दसिंह बुढा, वद्यमी क्वारी बोहोरा, रातो कामी र झोवा कामी रहेको मञ्चका अध्यक्ष दल रावलले जानकारी दिए । बुधबार प्रदेश सभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै कर्णाली प्रदेश सभाको पहिलो पाँच वर्षको सिकाइ र अनुभव आदान प्रदानका साथै प्रदेश सभा सांसदबिच भाईचाराको सम्बन्ध विकास गर्ने उद्देशले मञ्च गठन गरिएको मञ्चका अध्यक्ष दल रावलले जानकारी दिए ।

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *