Karnali Click

कर्णालीमा घटे एसईई दिने परीक्षार्थी

जाजरकोट, । आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षा २७ गतेसम्म चल्ने छ ।
आज पहिलो दिन परीक्षार्थीहरुले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिने छ ।

यस वर्षको एसईईमा देशभरबाट पाँच लाख विद्यार्थी सहभागी हुँदै छन् । जसमा कर्णाली प्रदेशमाबाट ३५ हजार आठ सय आठ जना विद्यार्थीहरू छन् । त्यसमध्ये छात्र १७ हजार ६ सय २३ र छात्रा १८ हजार एक सय ५८ छन् । शिक्षा विकास निर्देशनालय सुर्खेतका अनुसार परीक्षाका लागि प्रदेशभर एक सय ८६ वटा परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ ।

कर्णालीमा हरेक वर्ष एसईई दिने परीक्षार्थीहरूको संख्या घट्दै गइरहेको तथ्याङ्कले देखाउँछ । गत वर्ष प्रदेशका ३८ हजार नौ सय ७० जना विद्यार्थीहरू एसईईमा सहभागी भएकोमा यो वर्ष तीन हजार एक ६२ जना विद्यार्थीहरू घटेको देखिन्छ । कर्णालीका सबै जिल्लामा विद्यार्थीको संख्या घटेको देखिन्छ ।
तथ्याङ्कमा विद्यार्थीको संख्या घटे पनि विद्यार्थीहरू किन घटिरहेका छन् भनेर राज्यले अध्ययन तथा विश्लेषण गरेको देखिँदैन । तर, अन्य प्रदेशको तुलनामा भौगोलिक रूपमा विकट हुनु, राज्यले शिक्षामा पर्याप्त लगानी नगरिदिनु, गरिबीजस्ता कारणले कर्णाली शिक्षामा पछि परेको शिक्षाविद्हरू बताउँछन् ।

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *