Karnali Click

आज Ronaldo vs messi खेल हुने।

काठमाडौं माघ 5- साउदी अरबियाकाे राजधानी रियादमा आज फ्रान्स लिग वन क्लव पेरिस सेन्ट जर्मन र साउदी अल स्टार टिम बिच फ्रेन्ड्ली खेल हुँदैछ।फ्रेन्च क्लवमा मेस्सी छन भने साउदी अल स्टार टिममा क्रिष्टियानाे राेनाल्डाे रहेका छन। गत महिना मात्र उनी युनाइटेड छाडेर साउदी अरबकाे क्लव अल नासर सँग आवद्ध भएका थिए ।यी दुई ठुला स्टारकाे अन्तिम भेट 2020 काे च्याम्पियनस लिगमा मेस्सी बार्सीलाेना र राेनाल्डाे युभेन्टसमा हुँदा भेट भएको थियाे। त्यस भेटमा राेनाल्डाे नायक भएका थिए ।15 बर्ष भन्दा बढी फुटबल दुनियाँमा राज गरेका यी दुई लेजेन्डकाे करिअर बिस्तारै अन्त तिर छ। यी दुई एकै खेलमा खेलेकाे हेर्ने दर्शकको चाहनालाई याे फ्रेन्ड्ली म्याचले फुटबल फ्यानकाे तिर्खा मेटाउने काम गर्नेछ। यी दुई महान हस्तीकाे भेटमा 16 पटक मेस्सी विजयी भएका छन भने 11 पटक राेनाल्डाे विजयी भएका छन। अनगिन्ती उपाधी,अनगिन्ती रेकर्डहरु यी दुई खेलाडीकाे नाममा रहेकाे छ। सायदै अबकाे फुटबल दुनियाँमा यी हस्तीहरु जस्तो खेलाडी जन्मिनु विरलै पाईएला।  यी दुई टिमकाे स्टार्टिङ XI यस्तो रहेकाे छ।

PSG-Navas; Hakimi, Ramos, Bitshiabu, Bernat, Vitinha, Sanches, Soler, Messi, Mbappe, Neymar

Saudi All-Star XI- Al-Owais, Abdulhamid, Gonzalez, Hyun-soo, Konan, Cuellar, Al-Faraj, Talisca, Carillo, Ighalo, Ronaldo                                               

The post आज Ronaldo vs messi खेल हुने। appeared first on Nepa Sanchar.

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *